राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

कुलमान घिसिङको नियुक्तिविरूद्ध रिट दर्ता, बुधबार सुनुवाइ हुने

सोमवार, ३२ साउन २०७८ १८:४१

काठमाडौं । हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणकाे प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले सोमबार घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गर्नुभएको रिट निवेदन दर्ता भएको जानकारी दिनुभयो । रिट निवेदनमा शाक्यले विद्युत प्राधिकरणमा आफैँलाई कायम गर्न अन्तरिम आदेशको माग गर्नुभएको छ ।

प्रवक्ता दाहालले शाक्यको रिटमाथि बुधबार सुनुवाइ तोकिएको बताउनुभयो । शाक्यलाई ऊर्जा आयोगमा सचिव सरहको सेवा सुविधा दिई चार वर्षका लागि नियुक्ति गरिएको थियो ।

थप जानकारी