राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

राप्रपाद्वारा अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित स्वदेश फर्काउन माग

सोमवार, ३२ साउन २०७८ १९:३६

काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पुर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपाले नेपाल सरकारसँग माग गरेको छ ।

राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तालिवानी विद्रोहीहरुले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि त्यहाँको शान्ति सुरक्षा खलबलिएको हुँदा नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पुर्ण सुरक्षाको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेको हो ।

बैठकले “स्थानीय तहको निर्वाचन विशेष कार्ययोजना” सक्रियरुपमा कार्यान्वयन गर्ने, आगामी पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्ने निर्णय गरेको छ ।

साथै राप्रपाले ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरुको हाल जारी संघर्ष प्रति एक्यवद्धता जनाउँदै उनीहरुका माग पुरा गर्न बेलायती सरकारसँग माग गरेको छ ।

त्यस्तै राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बलराम थापाको असामयिक निधन भएकोमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै यो बैठक शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।

थप जानकारी