राष्ट्र हितमा समर्पित
बिहिवार, जेठ २५, २०८०

देशभर आज थप ३२७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २७ को मृत्यु

मङ्गलवार, १ भाद्र २०७८ १७:५१

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ हजार ८३३ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ८७ हजार ६९ पुगेको छ ।

यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ३५४ पुगेको छ । हाल देशभर ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेका छन् ।

थप जानकारी