काठमाडौं,भदौ २ गते । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणकाे प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतको दैनिक पेशी सूचीमा सो मुद्दाको सुनुवाइ रेग्मीको एकल इजलासमा हुने उल्लेख छ ।
सरकारले निवर्तमान प्रमुख कार्यकारी अधिकृत हितेन्द्र देव शाक्यलाई प्राधिकरणकाे प्रमुककाे साटाे उर्जा आयोगको विज्ञमा नियुक्ति गरेकोमा त्यसका विरुद्ध उहाँले सर्वोच्चआ रिट दायर गर्नुभएको थियो ।