राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

देशभर २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण थपिए

शनिवार, ५ भाद्र २०७८ १७:०६

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ ।

थप २ हजार ३८२ जना निको हुँदा नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ । यही अवधिमा थप ३० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ४८५ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा ६३ हजार ९६३ जनाले खोप लगाएका छन् । हालसम्म ४९ लाख ३५ हजार ५६ जनाले एक डोज खोप लगाएका छन् भने ३८ लाख ३५ हजार ६०८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । २४ घण्टामा थप २ हजार ३८२ जना संक्रमण मुक्त भएका हुन् ।

थप जानकारी