राष्ट्र हितमा समर्पित
बुधवार, आश्विन २, २०८१

तालिबानद्वारा कोही बिदेशीलाई अपहरण नगरेको दाबी

शनिवार, ५ भाद्र २०७८ १७:१९

काठमाडौं, भदौ ५ गते । तालिबानले कोही विदेशी नागरिकलाई अपहरण नगरेको दाबी गरेको छ । रोयटर्ससँगको कुराकानीमा तालिबानका एक जना अधिकारीले यस्तो दाबी गर्नुभएको छ ।

विदेशीको अपहरण सम्बन्धमा राखिएको जिज्ञासामा तालिबानका एक जना अधिकारीले नाम गोप्य राख्ने शर्तमा भन्नुभयो, “हामीले अफगानिस्तान छोड्नु अघि केहीसँग प्रश्न गरेका छौं ।” तालिबानले राजधानी शहर काबुल नियन्त्रणमा लिएको छ दिन बितेको छ ।

यसैबीचमा अमेरिकाले अफगानिस्तानबाट आफ्ना कुटनीतिज्ञ तथा अफगानिस्तानमा रहेको आफ्ना नागरिकसहित दोभाषेका रुपमा कार्यरत अफगानलाई उद्धार गर्ने कार्य जारी राखेको छ । तालिबानले प्रतिशोध लिने आशङ्कामा देश छोडन हजारौं अफगान अमेरिकी सेनाको नियन्त्रणमा रहेको कारजाई अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने क्रम जारी रहेको छ ।

अब्यवस्थित बर्हिगमनबारे टिप्पणी गर्दै उक्त अधिकारीले विमानस्थलबाहिरको स्थिति नियन्त्रणमा लिन लडाकू परिचालन गरिएको बताउनुभएको छ । तालिबानले नियन्त्रणमा लिएको क्षेत्रमा प्रतिशोध साँध्नलाई नै हत्याका घटनाहरु बाहिर आएको छ । जसले तालिबानले दुई दशक अघि चलाएको शासनको क्रममा गरेको दमनलाई दोहोर्याउने त हैन भन्ने आशङ्का समेत उब्जिएको छ ।

थप जानकारी