राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

सभापतिको उम्मेदवारबाट पछि नहट्ने : प्रकाशमान सिंह

शनिवार, ५ भाद्र २०७८ २१:०६

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् । शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितीले आयोजना गरेको एक दिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफु सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताए ।

आमजनताको दुःखमा मलमपट्टी लगाउनको लागि भए पनि आफू काँग्रेस सभापति बन्नुपर्ने सिंहको भनाइ छ । ‘आम जनताको दुःखमा मलमपट्टि लगाउनको लागि भए पनि म काँग्रेसको सभापति बन्नु पर्छ’ नेता सिंहले भने, ‘सबैलाई मिलाउन सक्ने क्षमता छ । पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ । म किन पार्टी सभापति नबन्ने ? त्यसैले सभापतिको उम्मेदवारीबाट हुँदिन।’

साथै नेता सिंहले १३ औं महाधिवेशन पछि अहिले नेपाली काँग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताए । नेतृत्व गलत भएपछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गरे सरह हुने बताएका छन् ।

थप जानकारी