राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

आज देशभर २४८२ संक्रमित थपिए, थप ४४ को मृत्यु

बुधवार, ९ भाद्र २०७८ १७:०७

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० परीक्षण भएकामा २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार ७८१ जना निको भएका छन् । यस्तै काठमाडौंमा ५१५ जना सहित उपत्यकामा ७४५ जनामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म १० हजार ६१२ जनाको मृत्यु भएको छ ।

थप जानकारी