काठमाडौं, भदौ १३ गते । तालिबानले अफगानलाई सवारी साधन, हातहतियार, गोला बारुद बुझाउन निर्देशन दिएको छ । उसले हातहतियारसहित सरकारी सम्पत्ति जमा गर्न शनिबार सर्वसाधारणलाई निर्देशन दिएको हो ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीटरमा एक निर्देशिका जारी गर्नुहुँदै काबुल शहरभित्र सबारीसाधन, हतियार, गोल बारुद वा अन्य सरकारी सम्पत्ती राखेकाले सम्बन्धित अधिकारीलाई बुझाउन निर्देशन दिइएको उल्लेख गर्नुभएको छ ।
सामग्री बुझाउन एक साताको म्याद दिइएको छ । यसअघि पनि तलिबानले एक निर्देशिका जारी गर्दै लेखेको थियो, “तालिबान तपाईको सुरक्षाको सुनिश्चित गर्नेछ, हातहतियार सक्दो छिटो बुझाउनुहोस् ।”