राष्ट्र हितमा समर्पित
बिहिवार, भाद्र ३१, २०७८

देशभर आज थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

मङ्गलवार, १५ भाद्र २०७८ १८:१४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट थप २० जनाको मृत्यु भएको जनाएको छ ।

यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० जना पुगेको छ । यस्तै कुल संक्रमित पीसीआर परीक्षणमा ७ लाख ६२ हजार ६४७ र एन्टिजेन परीक्षणमा ८३ हजार ५०५ जना पुगेका छन् ।

संक्रमितमध्ये ७ लाख १६ हजार ३०६ जना निको भएका छन् । हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये १६४ जना भेन्टिलेटरमा रहेका छन् भने ५३७ जना आईसीयूमा रहेका छन् ।

थप जानकारी