राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

अलकायदाद्वारा तालिबानको जितको प्रशंसा

बुधवार, १६ भाद्र २०७८ १९:२९

काठमाडौं । अमेरिकी सेनाले काबुल विमानस्थल छोडेको केही घण्टापछि अलकायदाका शीर्ष नेताले तालिबानलाई बधाई दिएका छन् । अफगानिस्तानमा तालिबानको जित भएको भन्दै अलकायदाका नेताले एक वक्तब्य जारी गरी बधाई दिएको हो ।

“अमेरिकालाई हराउने सर्वशक्तिमानको हामी प्रशंसा गर्छौं ।”– अल कायदाले जारी गरेको वक्तब्यमा उल्लेख छ । तालिबानले गत् मङ्गलबार अमेरिकामाथि ऐतिहासिक जित भएको घोषणा गरेको थियो । १५ अगष्टमै राष्ट्रपति निवास कब्जा गरेको तालिबानले काबुल विमानस्थलबाट अमेरिकाको बहिर्गमनपछि मात्रै आफ्नो जितको घोषणा गरेको हो ।

थप जानकारी