राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १३, २०७८

देशभर आज थप २ हजार ४ जनामा सङ्क्रमित

बिहिवार, १७ भाद्र २०७८ १८:०१

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६१९ जना र एन्टीजेन विधिबाट ३८५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर विधिबाट ७ लाख ६५ हजार ९१४ जना र एन्टीजेन विधिबाट ८४ हजार २९४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । नेपालमा हाल ३३ हजार ९४६ सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा, २ हजार ३२७ जना संस्थागत आइसोलेसनमा, ५४४ जना सघन उपचार कक्षमा र १६६ जना भेन्टिलेटरमा उपचाररत छन् । ३०२ जना क्वारेन्टिनमा रहेका छन् ।

यही अवधिमा १८ सय ४६ जना सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये ७ लाख २१ हजार १८२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.२ प्रतिशत रहेको छ । त्यस्तै, कोभिड–१९ बाट थप १६ जनाले ज्यान गुमाएका छन् । हालसम्म १० हजार ७८६ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ लाख १ हजार ७०० जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार ५४ लाख २५ हजार ८८८ जनाले पहिलो मात्रा र ४६ लाख ७७ हजार ७९६ जनाले खोपको दुवै मात्रा लगाइसकेका छन् ।

थप जानकारी