काठमाडौं, भदौ १९ गते । अफगानिस्तानको राजधानी काबुलमा गोली प्रहारको घटनामा कम्तिमा १७ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४१ जना घाइते भएका छन् ।
टोलो न्यूजका अनुसार शुक्रबार राति उक्त घटना भएको हो । पञ्जशीर उपत्यका नियन्त्रणमा लिने क्रममा तालिबान र अवरोधक समूहबीच गत् तीन दिनदेखि भीषण संर्घष भइरहेको छ ।
तालिबानले पञ्जशीर कब्जामा लिएको खबर आए लगत्तै काबुलको आकाशमा उत्सव मनाउन गरिएको गोलि प्रहारको क्रममा १७ जनाको मृत्यु भएको छ । आकस्मिक अस्पताल लगिएकामध्ये १७ जनाको मृत्यु भएको र ४१ जना घाइते भएको टोलो न्यूजले उल्लेख गरेको छ ।
पञ्जशीर उपत्यका कब्जामा लिनबाट रोक्दै आएको अहमद मस्सौदले भने पाकिस्तानको सञ्चारमाध्यमले पञ्जशीर तालिबानले कब्जा गरेको भ्रमणपूर्ण अफवाह फैलाएको भन्दै आलोचना गर्नुभएको छ ।