राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १३, २०७८

पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

मङ्गलवार, २२ भाद्र २०७८ १३:२८

चितवन । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिउ । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए । (रासस)

थप जानकारी