राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

तपाईंको राशिफल भदौ २३ गते बुधवार

बुधवार, २३ भाद्र २०७८ ८:१७

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यवसाय फस्टाएर जाने हुनाले अन्य व्यवसायमा पनि लगानी गर्ने अवसर आउनेछ । प्रेममा सामीप्य बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखिन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आत्मीय साथी तथा आफन्तसँग मनमुटाब बढ्नेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । माया प्रेममा सामीप्य बढ्नुको साथै पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
परिवारका साथ रहेर मिठो मसिनो खाने अवसर प्राप्त भए पनि खानपिनको तालमेल नमिल्दा स्वास्थ्य गडबड हुनेछ । व्यापारमा लगानी गर्ने उपयुक्त समय नरहेकोले तत्काल कुनै व्यवसाय थालनी नगर्नु नै राम्रो रहको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
काम गरी अरूलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुनेछ भने अरूलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अनावश्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । पति पत्नी बीचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो कसिलो भएर जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । आफ्नै साथीबाट आलोचना खप्नु पर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नीबीच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
छोटो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोग पाइने छ ।

थप जानकारी