राष्ट्र हितमा समर्पित
बिहिवार, भाद्र ३१, २०७८

एमसीसीलाई यथास्थितिमा पारित गर्नु हुँदैन: राप्रपा अध्यक्ष लोहनी

शुक्रवार, २५ भाद्र २०७८ २०:२९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले यथास्थितिमा एमसीसी संसद्‍बाट पारित गर्न नहुने बताएका छन् । आज रिपोटर्स क्लव नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रममा एमसिसिवारे आफ्नो स्पष्ट धारणा पेश गरेका हुन। उनले एमसीसीलाई यथास्थितिमा पारित गरिन नहुने स्पष्ट बताए ।

‘नेपाल अमेरिकाको मित्रता गहिरो छ। आर्थिक सहयोग मात्र नभयर संयुक्त राष्ट्रसंघमा नेपालको सदस्यताको लागि अमेरिकी योगदान नेपालीले सधै सम्झने छन्’, उनले भने, ‘हाल अमेरिकाले एमसीसीमार्फत नेपालमा विजुलि वाटो निर्माण गर्न साहायता दिने भएको छ। यो सकारात्मक हो तर यो संग गासिएको सर्तहरू वारे असहमति रहेको छ। ‘

‘विषेशत यो संझौता अहिले पेस भए अनुसार पारित गर्ने हो भने भोलि उत्तर र दक्षिणका उदयमान माहाशक्ति ले पनि विकास-अनुदानमा एमसिसि कै जस्ता सर्त मागे भने नेपालको के गति होला सरकारले सोचोस ‘, उनले भने ।

मुलत यो संझौता कार्यान्वयन गर्दा अमेरिकाको वर्तमान कानुन मात्र नभयर भविष्यमा वन्ने कानुन पनि लागू हुने जस्ता अनौठा सर्तको औचित्य वुझ्न नसकिएको उनको भनाई थियो । ‘संझौता कार्यान्वयन गर्न एमसिसि नेपाल खडा हुने तर यसले कर्मचारी सरुवादेखि नियुक्तिसम्म अमेरिकाको एमसिसिको स्वीकृत लिएर मात्र गर्न पाउने जस्ता प्रवधानले गर्दा नेपाल सरकार जोकर फाल्तु देखिन पुगेको छ।यस्ता थुप्रै प्रावधानहरुको अौचित्य वारे जनता जान्न चाहान्छन।’

थप जानकारी