राष्ट्र हितमा समर्पित
शनिवार, आश्विन ३०, २०७८

कुलमानको नियुक्ति विरूद्धकाे मुद्दामा अन्तरिम आदेश भएन

मङ्गलवार, ५ आश्विन २०७८ १६:४८

काठमाडौं, असोज ५ गते । सर्वोच्च अदालतमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
उक्त रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासबाट सो आदेश भएको हो । सो मुद्दा आज पहिलो नम्बरमा राखिएको थियो ।

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै गत साउन ३२ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । यस अघि भदौ २० गते पनि सो मुद्दाको पेशी प्रधानन्यायाधीश जबराको इजलासमा तोकिएको भए पनि हेर्न नभ्याइनेमा राखिएको थियो ।

आफूलाई गैरकानुनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गर्दै शाक्यले सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

शाक्यरले दायर गर्नुभएको रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, ऊर्जा मन्त्री, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको थियो ।

थप जानकारी