राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

तपाईंको राशिफल असोज ६ गते बुधवार

बुधवार, ६ आश्विन २०७८ ७:३०

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पढाइ लेखाइमा सुधार भएर जानेछ भने प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । विद्यामा सोचे अनुरूप नै प्रगति हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ख्याल दिनुहोला खुट्टा तान्नेहरू सक्रिय रहनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । नोकरीमा बढुवा हुने तथा अनुकूल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
प्रतिस्पर्धीहरू हाबी हुनेछन् । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । ऋण लाग्ने तथा सापटी मागेर दैनिकी गुजार गर्नुपर्ने अवस्था आउनसक्छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरीको काम देखि प्रसन्न हुने समय रहेको छ । शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रयत्न गर्दा महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । आम्दानी बढ्ने हुँदा लगानी गर्ने अवसर जुर्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वास्थ्य सम्बन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । विद्यामा उत्साहजनक प्रगति नहुँदा मन चिन्तित रहला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमूलक कामहरू समयमा नै सम्पन्न हुनेछन् । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आर्थिक रूपमा सम्पन्न हुने चालिएका कदमहरूबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वातावरण बन्नेछ ।

थप जानकारी