राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

अग्रपंक्तिमा खटिएकै कारण कोरोना संक्रमण भई ज्यान गुमाएका दुई डीएसपीलाई वीरता पदक

बुधवार, ६ आश्विन २०७८ १९:२८

काठमाडौँ । नेपाल सरकारले संविधान दिवसका अवसरमा कोरोना महामारीमा अग्रपंक्तिमा खटिएकै कारण भई गुमाएका डीएसपीद्वयलाई वीरता पदक प्रदान गरेको छ ।

कोरोना महामारीको समयमा जनताको सुरक्षाका लागि खटिएका बेलाआफैं संक्रमित भएर ज्यान गुमाएका प्रहरीका दुई डीएसपी राजुकमार केसी र समिरचन्द्र खरेललाई वीरता पदक दिएको हो ।

संविधान दिवसको अवसरमा विभिन्न व्यक्तिहरुलाई पदक तथा विभूषण प्रदान गरेको छ । प्रहरीबाट आईजीपीदेखि कार्यालय सहयोगीसम्मले मानपदवी, विभूषण र पदक प्राप्त गरेका छन् । जसमा प्रहरीका दुई अधिकृतलाई भने सम्मानस्वरुप सरकारले वीरता पदक प्रदान गरेको हो ।

थप जानकारी