राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

इन्द्रजात्राको अन्तिम दिन राजाद्वारा कुमारीको पूजा

शनिवार, ९ आश्विन २०७८ १३:५१

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले इन्द्रजात्राको अन्तिम दिन काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको कुमारीघरमा पुगी जीवित कुमारीको पूजाअर्चना गर्नु भएको छ ।

राजाका तर्फबाट तयार गरेको प्रसाद इन्द्रजात्राको पूजामा पुर्‍याइएको थियो। राति अबेर राजा वसन्तपुर दरबार क्षेत्र पुग्दा सयौँ मानिसहरुले उनको स्वागत गरेका थिए।

इन्द्रजात्राको अन्तिम दिन शुक्रबार महिलाहरुले रथ तानेका छन्। शुक्रबार इन्द्रजात्राको समापन भएको छ। राति १०ः३६ बजेको साइतमा इन्द्रध्वजा ढालेर इन्द्रजात्रा समापन गरिएको हो । काठमाडौँको हनुमान ढोकामा इन्द्रध्वजा ठड्याएर सुरु गरिएको इन्द्रजात्रा इन्द्रध्वजा ढालेर समापन गर्न लागिएको हो । इन्द्रध्वजालाई टेकुमा सेलाउने परम्परा रहेको छ ।

थप जानकारी