राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

देशभर आज ७३० जना सङ्क्रमित थप, ९ जनाको मृत्यु

आइतवार, १० आश्विन २०७८ १७:२१

काठमाडौं, असोज १० गते । पछिल्लो २४ घण्टामा नेपालमा ७३० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा ७३० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार २७९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ९६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा एक लाख २३ हजार १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सक्रिय सङ्क्रमित हुने १९ हजार १४२ जना छन् ।

थप जानकारी