राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

राजसंस्था र हिन्दुराष्ट्रको लागि देशभर आन्दोलनको तयारीमा छौंः राप्रपा अध्यक्ष डा. लोहनी

मङ्गलवार, १२ आश्विन २०७८ १८:३७

जलेश्वर । राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीको अधिबेशन पछि आन्दोलनको तयारी गरिएको बताएका छन् ।

राप्रपाको महोत्तरी जिल्ला अधिवेशन को सन्दर्भमा जलेश्वर पुगेका लोहनीले राप्रपा राजसंस्था र हिन्दुराष्ट्र चाहने पार्टी भएको बताउँदै अब देशभर आन्दोलनको तयारी गरेको बताएका हुन् । उनले दोस्रो आन्दोलनपछि नेपाली जनताले राजनीतिक स्थिरता, सुसासन, प्रजातन्त्रको सुदृढीकरण, भ्रष्टाचार माथि नियन्त्रण, सुसासन, आर्थिक अनुसासन र परराष्ट्र नितिको आसा गरेकामा त्यसो नभएको पनि बताए ।

भ्रष्टाचार,अवसरवाद,अधिनायकवाद, र लम्पसारवादको राजनीतिक माहामारीमा देशलाई खरानी वनाउने प्रयास गरिएको बताउँदै उनले यो प्रवृद्धि विरुद्ध जनताको आवाज बोक्ने पार्टी राप्रपा रहेको वताए ।

लोहनीले जनतामा जनजिविकाको सवाल र प्रजातन्त्रको संस्थागत विकास गर्ने दल राप्रपा रहेको सन्देश पुर्याउने चुनौति हामीसंग छ। त्यसैले राष्ट्र वनाउने महाअभियानमा हामी लाग्नु परेको छ। भ्रष्ट र प्रजातन्त्रको नाममा निस्किएका वर्तमान सरकार र कम्युनिस्ट विरुद्ध राप्रपा लडने सामर्थ्य राख्न सक्छ।

कार्यक्रम लाई सम्बोधन गर्दै माननीय राजेन्द्र लिङदेनले राप्रपा भित्र अनुसासन कायम रहने गरि आउदो अधिवेशनमा नेतृत्व चयन हुने र राजसंस्था,हिन्दुराष्ट्र राप्रपाकै वलमा स्थापना हुने वताएका छन् ।

थप जानकारी