राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

देशभर आज थप ८९८ जना सङ्क्रमित, ९११ जना निकाे, १२ जनाको मृत्यु

बिहिवार, १४ आश्विन २०७८ १८:४७

काठमाडौं, असोज १४ गते । पछिल्लो २४ घण्टामा नेपालमा ८९८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आठ हजार ५५५ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, तीन हजार २१० वटा एन्टीजेन परीक्षण गर्दा १८० जनाको कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९११ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १३५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।सक्रिय सङ्क्रमित हुने १८ हजार १६८ जना छन् ।

थप जानकारी