राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

नवरात्रको दोस्रो दिन: माता ब्रम्हचारिणीको पूजा तथा आराधाना गरिँदै (मन्त्र सहित)

शुक्रवार, २२ आश्विन २०७८ ९:२१

काठमाडौं । ब्रह्म अर्थात् तपस्या र चारिणी भन्नाले आचरण गर्ने, यस आधारमा तपस्याको आचरण गर्ने देवी ब्रह्मचारिणी कहलाएकी हुन् । दायाँ हातमा माला र बायाँ हातमा कमण्डलु लिएकी देवीको स्वरूप ज्योतिर्मय रहेको उल्लेख पाइन्छ ।

बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुुँदैछ । बडादशैंअन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । राजधानीभित्र गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुईंचो लागेको छ ।

श्लोक
दधाना करपद्माभ्यामक्षमालाकमण्डलु ।देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।

ध्यान मन्त्र

वन्दे वांछित लाभायचन्द्रार्घकृतशेखराम्।
जपमालाकमण्डलु धराब्रह्मचारिणी शुभाम्॥
गौरवर्णा स्वाधिष्ठानस्थिता द्वितीय दुर्गा त्रिनेत्राम।
धवल परिधाना ब्रह्मरूपा पुष्पालंकार भूषिताम्॥
परम वंदना पल्लवराधरां कांत कपोला पीन।
पयोधराम् कमनीया लावणयं स्मेरमुखी निम्ननाभि नितम्बनीम्॥

थप जानकारी