राष्ट्र हितमा समर्पित
शनिवार, आश्विन ३०, २०७८

देशभर आज थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

शुक्रवार, २२ आश्विन २०७८ १६:५८

काठमाडौं । देशभर थप ७६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १० हजार ६८८ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १० जनाले ज्यान गुमाएका छन् भने १०३३ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिको परीक्षणमा ८ लाख ९९७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ८३९ जना पुगेको छ।

संक्रमितमध्ये ७ लाख ७४ हजार १७३ जना निको भएका छन् भने कुल ११ हजार २१० जनाको मृत्यु भएको छ । हाल देशभर १५ हजार ६१४ जना सक्रिय संक्रमित रहेका छन् ।

थप जानकारी