राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

नवरात्रीको पाँचौ दिन: माता स्कन्दमाताको पूजा तथा आराधाना गरिँदै (मन्त्र सहित)

सोमवार, २५ आश्विन २०७८ ८:२२

काठमाडौं । कुमार कार्तिकेयको नाम ‘स्कन्द’ हो । स्कन्दकी आमा भएकीले ‘स्कन्दमाता’ नाम हुनपुग्यो । चार भुजा भएकी स्कन्दमाताको आसन कमल हो भने वाहन सिंह छ । स्कन्दमाताको आराधनाले भक्तजनका लौकिक, पारलौकिक सबै चाहना पूरा हुने जनविश्वास छ ।

चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ ।

यसै अवसरमा देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिष्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज श्रद्धाभक्तिपूर्वक नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिरहेका छन् ।

काठमाडौँ उपत्यकाका शक्तिपिठमा विहानैबाट भक्तजनको भीड लाग्ने गर्छ । यसैगरी गुह्वेश्वरी, दक्षिणकाली, कालिका स्थान, मैतीदेबी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, र भद्रकाली, पाथिभरा, पलान्चोक भगवती, छिन्नमस्ता, मनकामना लगायतका शक्तिपीठमा भक्तजनको बाक्लो देख्न पाइन्छ ।

मन्त्र
सिंहासनगता नित्यं पद्माश्रितकरद्वया ।
शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी ॥

थप जानकारी