काठमाडौं, असोज ३० गते । पछिल्लो २४ घण्टामा १३६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । एक हजार ४८६ वटा नमुनाकाे आाटीपीआर परीक्षण गरिएकोमा १४७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
यस्तै, दुइ हजार ३२७ वटा एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८४५ जना कोरोनामुक्त भएकोे जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्य भएको छ ।