राष्ट्र हितमा समर्पित
सोमवार, साउन ३०, २०७९

देशभर आज ५२३ जना कोरोना सङ्क्रमित थपिए, ९ जनाकाे मृत्यु

सोमवार, १ कार्तिक २०७८ १७:३४

काठमाडौं, कात्तिक १ गते । पछिल्लो २४ घण्टामा ५२३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६५४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५२३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, दुई ०४३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९३७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

थप जानकारी