राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

फुटबल खेलाडीलाई सरकारले जनही पाँच लाख दिने

सोमवार, १ कार्तिक २०७८ १७:५५

काठमाडौं, कात्तिक १ गते । सरकारले नेपाली फुटबलकाे राष्ट्रिय टिमका खेलाडीलाई जनही पाँच लाख रुपियाँ दिने भएको छ ।

साथै फुटबलका कोचहरुलाई तीन लाख दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ साफ च्याम्पियनसिमा उप विजेता बनेको नेपाली खेलाडीलाई प्रोत्साहन स्वरुप सो रकम उपलब्ध गराउन लागिएको मन्त्रिपरिषद्को निर्णयबारे जानरकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराउनुभयो ।

यसैगरी, अबुदाबी डायलग्को छैठौं मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको मन्त्री कार्कीले बताउनुभयो ।

थप जानकारी