राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ ६, २०७९

सर्वोच्च अदालतका १४ जना न्यायाधीश छलफलमा

सोमवार, ८ कार्तिक २०७८ १३:५६

काठमाडौं, कात्तिक ८ गते । सर्वोच्च अदालतका १४ न्यायाधीशको छलफल आज साेमबार पनि जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कदमलाई लिएर असन्तुष्ट बनेका सर्वोच्चका १४ न्यायाधीशको बैठक बसिरहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

आइतबार प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा आज फुलकोर्ट बोलाउनुभएको थियो । यद्यपि न्यायाधीशहरुको छलफलपछि फुलकोर्ट बैठक बस्ने–नबस्नेलगायत थप निर्णय हुने बताइएको छ ।

प्रधानन्यायाधीश जबराले एजेण्डामा छलफल नै नगरी नेपाल बार एशोसिएसनका पदाधिकारीलाई आमन्त्रण गरेर बैठक बोलाएपछि १४ जना न्यायाधीश असन्तुष्ट बन्नुभएकाे थियाे ।

थप जानकारी