राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

देशभर आज ६७३ जना सङ्क्रमित थपिए, १३ जनाको मृत्यु

सोमवार, ८ कार्तिक २०७८ १८:१९

काठमाडौं, कात्तिक ८ गते । पछिल्लो २४ घण्टामा ६७३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार २८४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ६७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी दुई हजार ५८० जनामा एन्टीजेन परीक्षण गरिएकोमा १०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५०१ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ३६१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै नेपालमा हाल १० हजार ३६० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप जानकारी