राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

आज कोरोना सङ्क्रणबाट एककाे मात्रै मृत्यु

शनिवार, २० कार्तिक २०७८ १७:०१

काठमाडौं,कात्तिक २० गते । पछिल्लो २४ घण्टामा १२८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार १३४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ७९८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.६प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३९६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४३९ पुगेको छ । त्यस्तै नेपालमा हाल आठ हजार १४४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप जानकारी