राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

राप्रपाले आन्दोलनको बलमा राजसंस्था स्थापना गर्छ: डा. लोहनी

सोमवार, २२ कार्तिक २०७८ १६:५९

राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आन्दोलनको बलमा राप्रपाले राजसंस्था स्थापना गर्ने बताउनु भएको छ । उहाँले अभिभावक विहिन मुलुक लाई दलिय सिन्डिकरणले लुटतन्त्र र भ्रष्टाचारको अखाडा बनाएको बताउनु भएको छ।

प्रजातन्त्रको मुल आधार शक्ति शन्तुलन र नियन्त्रणको सिद्धान्तबाट कांग्रेस तथा कम्युनिष्टहरु च्युत भएका कारण प्रजातन्त्रको रक्षार्थ पनि राजसंस्थाको आवश्यक रहेको कारण यो संस्था हिजोभन्दा आज झन सान्दर्भिक देखियको बताउदै नेपाललाई हिन्दुराष्ट्र बनाउनबाट कसैले रोक्न नसक्ने बताउनु भएको छ।

राप्रपा सर्लाहीको जिल्ला अधिवेशनलाई मलंगवामा सम्बोधन गर्दै उहाँले मधेसवादी दलहरुसमेत असफल भएका कारण अब मुलुकको नेतृत्व राप्रपाले गर्नुपर्ने समेत बताउनु भएको छ। अदालतको गाईजात्रा, निरीह संसदले प्रजातन्त्रको खिल्ली उडायको बताउदै यो व्यवस्था असफलताको लक्षण भएको समेत बताउनु भयो ।

आउदो अधिवेशनले राप्रपा लाई सहि नेतृत्व दिने वताउदै उहाले कार्यकर्ता हरुलाइ विवेक पुर्ण निर्णय गर्न आग्रह गर्नुभयो। अधिवेशनले सत्य नारायण यादवको नेतृत्वमा ४१ सदस्य जिल्ला कार्यसमिति को निर्विरोध चयन गरेको छ।
कार्यक्रमलाई राप्रपाका नेता माननीय राजेन्द्र लिङ्देन, विशेष समिति सदस्य श्याम तिमिल्सिना लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

थप जानकारी