राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

राष्ट्रपति भण्डारीद्वारा अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाताको पूजा

बुधवार, २४ कार्तिक २०७८ १७:५७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठीमाईको पूजा अर्चना गर्नुभएको छ । उहाँले बुधबार कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा आराधना गर्नुभएको हो ।

छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गरी मनाइँदै छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्य देवको राधना, उपासना र पूजा गरिन्छ । यो पर्व सोमबारदेखि शुरु भएको हो ।

थप जानकारी