राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

नेपाल प्रहरीका ९५ जना डीएसपीको सरुवा

बिहिवार, २५ कार्तिक २०७८ १३:२३

काठमाडौं, कात्तिक २५ गते । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ०७८ कात्तिक २५ गतेको निर्णयानुसार ०७८ को मंसिर महिनादेखिका तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी ९५ जना डीएसपीको सरुवा गरिएको हो ।

बालाजु, थानकोट, कालीमाटी, आर्थिक अपराध अनुसन्धान, बागमती प्रदेश प्रहरी कार्यालयलगायतका डीएसपीहरुकाे सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

थप जानकारी