राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

राप्रपा युवा संगठनले भन्यो, “पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्नु जनविरोधीे कार्य”

शुक्रवार, २६ कार्तिक २०७८ १४:५२

काठमाडौं । राप्रपा निकट युवा संगठनले वर्तमान परमादेशवाट गठित देउवा नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेर जनविरोधीे कार्य गरेको बताएको छ । संगठले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्ने जनविरोधीे कार्यले जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने भएको हुदा तत्काल मूल्य बृद्धि फिर्ता लिन माग समेत गरेको छ ।

नेपाल आयल निगमले केहि समय यता पटक पटक पेट्रोलियम पदार्थमा मुल्य बृद्धि गरेको कारण गरिब जनताको ढाड सेक्ने कार्य भएको र पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिले खाध्यान्न,यातायात लगायतका अत्यावश्यक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने हुँदा युवा संगठनको गंभिर ध्यानाकर्षण भएको बताएको छ ।

सरकारले यस्तो जनविरोधी र जनतामारा मूल्य बृद्धि तत्काल फिर्ता नलिए देशभरका राष्ट्रवादी युवाहरु सडकमा आउन बाध्य हुने चेतावनी समेत दिएको छ ।

थप जानकारी