राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

देशभर आज थप ३६७ जनामा सङ्क्रमण पुष्टि, एकको मृत्यु

सोमवार, २९ कार्तिक २०७८ २०:२६

काठमाडौं, कात्तिक २९ गते । पछिल्लो २४ घण्टामा ३६७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५५४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, चार हजार ८४८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २७० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७८ पुगेको छ ।

यसैगरी देशमा हालसम्म सात हजार ३११ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७४ हजार ४५२ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप जानकारी