राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

देशभर थप २०९ जनामा सङ्क्रमण पुष्टि, एकको मृत्यु

शनिवार, ४ मंसिर २०७८ १७:५५

काठमाडौं, मङ्सिर ४ गते । पछिल्लो २४ घण्टामा २०९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार १४५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ९९१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ४४४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९५ पुगेको छ ।

यसैगरी देशमा हालसम्म सात हजार ३०३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख तीन हजार २०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

थप जानकारी