राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

नेपाल बारले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने

मङ्गलवार, ७ मंसिर २०७८ १६:००

काठमाडौँ, मङ्सिर ७ गते । नेपाल बार एसोसिएसनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहीबार दिउँसो २ बजे सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने जानकारी दिनुभयो । उहाँले मार्चसापमा नागरिक समाजका सदस्यसमेत संलग्न रहने जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिइरहेको बारले बिहीबार मार्चपास गर्न लागेको हो । यसैगरी बुधबार देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रमको आयोजना गर्ने बारका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रधानन्यायाधीशका गतिविधिलाई रोक्न बालुवाटारसम्म मार्चपास गर्नुपर्ने अवस्था आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बारले सोमबार मात्र प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै विभिन्न दललाई पत्र बुझाएको थियो ।

थप जानकारी