काठमाडौं । पुर्वाधार विज्ञ डा.सूर्यराज आचार्यले राप्रपाका नेता राजेन्द्र लिङ्देनलाई भरोसा गर्न सकिने असल नेता भएको टिप्पणी गरेका छन् ।
सामाजिक संजाल टुइटरमा लेख्दै डा. आचार्यले नेपालका प्रमुखदलहरू मध्ये तुलनात्मक हिसाबले समेत कुन ‘राम्रो’ भनेर छान्न निकै कठिन र सबै दल उस्तै-उस्तै, भरोसा गर्न नसकिने भएको भएता पनि सबै दल भित्र थोरै संख्यामा भए पनि भरोसा गर्न सकिने असल नेता छन भनी तर्क गरेको छन् ।
पुर्वाधार विज्ञ डा.सूर्यराज आचार्यले विचारमा राप्रपा महाधिवेशनमा अध्यक्ष पदका उमेदवार राजेन्द्र लिङ्देनका बारे धारणा :
नेपालका प्रमुखदलहरू मध्ये तुलनात्मक हिसाबले समेत कुन ‘राम्रो’ भनेर छान्न निकै कठिन। सबै दल उस्तै-उस्तै, भरोसा गर्न नसकिने।
तर सबै दल भित्र थोरै संख्यामा भए पनि भरोसा गर्न सकिने असल नेता भने छन्। राप्रपाका नेता @RajendraLingden मलाई त्यस्तै नेता लाग्छन्।
उहाँलाई शुभकामना!