राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

नयाँ नेतृत्वलाई काम गर्ने मौका दिनुस् : डा.लोहनी

मङ्गलवार, १४ मंसिर २०७८ १४:०१

काठमाडौं । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन आग्रह गरेका छन् ।

डा. लोहनीले दुई अध्यक्षलाई नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन आग्रह गरेका हुन् । राप्रपाको महाधिवेशन भोलि (बुधबार)देखि काठमाडौंमा हुँदैछ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान अध्यक्ष पशुपतिशम्शेर जबराले चुनाव नलड्ने घोषणा गरेका छन् भने अर्का अध्यक्ष लोहनीले लिङ्देनलाई समर्थन गरेका छन् । त्यसको औपचारिक जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष लोहनीले भने, ‘म अन्य दुई अध्यक्षलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु ।’

थप जानकारी