राष्ट्र हितमा समर्पित
बुधवार, माघ १२, २०७८

देशभर आज २२३ जना नयाँ सङ्क्रमित, शून्य मृत्यु

शुक्रवार, १७ मंसिर २०७८ १६:५४

काठमाडौं, मङ्सिर १७ गते । पछिल्लो २४ घण्टामा २२३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार चार सय जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ४३६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा एक जनापनि सङ्क्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ । यसैगरी देशभर हालसम्म छ हजार ९२१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ७५ हजार ५६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

थप जानकारी