राष्ट्र हितमा समर्पित
सोमवार, साउन ३०, २०७९

देशभर आज २३८ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

सोमवार, २० मंसिर २०७८ १६:३१

काठमाडौं, मङ्सिर २० गते । पछिल्लो २४ घण्टामा २३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ११४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ५०३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ३५७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४३ पुगेको छ । यसैगरी देशभर हालसम्म छ हजार ३८६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख छ हजार ६१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

थप जानकारी