राष्ट्र हितमा समर्पित
बुधवार, माघ १२, २०७८

देशभर आज २३२ जना नयाँ सङ्क्रमित थप, तीनको मृत्यु

शुक्रवार, २४ मंसिर २०७८ १७:४२

काठमाडौं, मङ्सिर २४ गते । पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ४७२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चार हजार १५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३३७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५२ पुगेको छ ।

यसैगरी देशभर हालसम्म पाँ हजार ९९७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा तीन लाख २९ हजार ३२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

थप जानकारी