राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

देशभर आज १६० जना सङ्क्रमित थप, दुईको मृत्यु

बिहिवार, १ पौष २०७८ १७:०३

काठमाडौं, पुस १ गते । पछिल्लो २४ घण्टामा १६० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, तीन हजार ७८८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २६७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५६७ पुगेको छ । यसैगरी देशभर हालसम्म पाँच हजार ५२६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार ५६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

थप जानकारी