राष्ट्र हितमा समर्पित
आइतवार, आषाढ ३१, २०८१

झापामा एकैदिनमा ४५६ जना राप्रपामा प्रवेश

आइतवार, ४ पौष २०७८ २०:५३

झापा । पार्टीको एकता महाधिवेशनपछि पहिलो पटक गृह जिल्ला झापा आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापामा एकै दिन ४ सय ५६ जनालाई आफ्नो पार्टीका प्रवेश गराएका छन्।

शनिवार झापाको बिर्तामोड तथा बाह्रदशीमा उनले ४५६ जनालाई राप्रपामा प्रवेश गराएका हुन्। राप्रपामा प्रवेश गर्नेहरूमा माओवादीका पूर्व लडाकुदेखि विभिन्न पार्टीका जिम्मेवार पदमा रहेकाहरूसमेत रहेका राप्रपा झापाले जनाएको छ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘अन्य पार्टीमा ज-जस्ले जुन-जुन पदमा जिम्मेवारी लिनुभएको छ राप्रपामा आउँदा एक तह बढुवा हुनेछ।’

गृह जिल्ला झापा बसाइका क्रममा लिङ्देनले पार्टी प्रवेश कार्यक्रमलाई नै समय दिइरहेका राप्रपा झापाका पदाधिकारीले जनाएका छन्।

थप जानकारी