राष्ट्र हितमा समर्पित
आइतवार, आषाढ ३१, २०८१

ओलीको चुनाव क्षेत्रमा लिङ्देनको प्रभाव, ७ सयभन्दा बढी राप्रपामा प्रवेश

मङ्गलवार, ६ पौष २०७८ ७:५४

झापा । राप्रपाका अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएसँगै राप्रपामा प्रवेश गर्नेको संख्या बढ्न थालेको छ । राप्रपा अध्यक्ष लिङ्देन झापा गएको केही दिनमै झण्डै ७०० भन्दा धेरैले राप्रपामा प्रवेश गरेका छन् ।

शनिबार झापा पुगेका उनी ओलीको निर्वाचन क्षेत्रको दौडाहामा देखिएका छन् । लिङ्देन यो बीचमा दमक र गौरादह नगरपालिका तथा गौरीगञ्ज र कमल गाउँपालिकाका विभिन्न स्थानमा पार्टीको कार्यक्रममा सहभागी भए ।

कचनकवलबाट ३६ जना र बाह्दशी ३ राधानगर र कुटु बस्तिबाट १३७ जना समेत गरेर करिब ७०० जनाले नेका,एमाले, मावोवादी दल परित्याग गरि राप्रपा प्रवेश गरेका हुन् । ६ महिनाभित्र समान विचारधारा भएका पार्टी र संघसंगठनलाई एकता प्रक्रियामा सहभागी गराउने उद्घोष गरेका लिङ्देनले झापामा मूलतः संगठन सुदृढीकरण र ओलीको क्षेत्रमा आफ्नो प्रभाव देखाउन दौडधूप बढाएको राप्रपा नेताहरु बताउँछन् । ओलीको निर्वाचन क्षेत्र झापा ५ हो भने लिङ्देन ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।

राप्रपा गौरादह नगर कमिटी अध्यक्ष शान्तिराम पौडेलले झापामा पार्टी अध्यक्षको मंगलबारसम्म कार्यक्रम रहेको रातोपाटीलाई बताए । विशेषतः कार्यकर्ता भेला, पार्टी प्रवेश र सम्मान कार्यक्रममा लिङ्देनको सहभागिता भएको उनको भनाइ छ । गौरीगञ्ज, दमक, कमललगायतका स्थानमा कार्यक्रम गरिएको र जनसहभागिता उत्साहजनक रहेको उनको भनाइ छ । यो क्रम मंगलबारसम्म जारी रहने उनको भनाइ छ ।

थप जानकारी