राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ ६, २०७९

महामण्डलेश्वर कैलाशानन्द र राजा ज्ञानेन्द्रबीच भेटवार्ता

मङ्गलवार, ६ पौष २०७८ ८:३५

काठमाडौँ। अघिल्लोसाल हरिद्वार कुम्भ मेलामा नेपालको ‘श्री ५ महाराजधीराज’को नै हैसियतमा महाराजधीराज ज्ञानेन्द्र शाहलाई निमन्त्रणा दिएका निरंजनी अखडामा पिठाधीश्वर आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरिजी महाराज नेपाल भ्रमणमा रहेका छन्।

यसैबीच गिरिले शाह र अभिनेत्री मनिषा कोइरालासँग भेट गरेका छन्। स्वामी कैलाशनन्दको सचिवालयको अनुसार उनले शाह र कोइरालासंगै भोजन गरेका थिए। भेटमा उनले हिन्दू अधिराज्य पुनस्थापना गर्न बिलम्ब नगर्न राजासँग आग्रह गरेका थिए।

नेपाल भ्रमणमा रहेका स्वामी कैलाशानन्दले मुक्तिनाथ मन्दिरमा पनि पुगेर दर्शन गरेका छन्। उनले पशुपतिनाथ र दक्षिणकालीमा पनि पुगेर पूजाआजा गरेका छन्। भ्रमणका क्रममा स्वामी कैलाशानन्दले नेपालका उच्च तहका राजनीतिक नेताहरुलाई पनि भेट्ने छन्।

थप जानकारी