राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

राप्रपा अध्यक्ष लिङ्देन पुष ८ मा दाङ तुल्सिपुर जादैँ, राप्रपा प्रवेश गर्न चाहनेलाई खुल्ला आव्हान

बुधवार, ७ पौष २०७८ १५:११

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यहीँ पुष ८ गते दाङको विपि चौक तुल्सिपुर जाने भएका छन् । राप्रपा लुम्बिनी प्रदेशको बिस्तारित बैठकको उदघाट्न समारोहमा हुने आमसभा कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन दाङको तुल्सिपुरमा जान लागेका हुन् ।

अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गर्न र उनलाई सुन्न चाहने सबै दिदीबहिनी दाजुभाइहरूलाई उपस्थितिका लागि फेसबुक मार्फत आव्हान समेत गरेका छन् ।

कार्यक्रममा राप्रपाका उपाध्यक्ष ध्रुब बहादुर प्रधान, महामन्त्री धवल शमशेर ज.ब.रा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय लगायतको उपस्थिति रहने बताइएको छ ।

थप जानकारी