राष्ट्र हितमा समर्पित
मङ्गलवार, साउन ८, २०८१

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकन राजदुतावासका प्रतिनिधिबीच भेटवार्ता

बुधवार, ७ पौष २०७८ २०:२४

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकन राजदुतावासका प्रतिनिधि मार्क ट्याम्लरबीच भेटवार्ता भएको छ ।

बुधबार राप्रपा केन्द्रिय कार्यालय धुम्बाराहीमा अध्यक्ष लिङ्देन र अमेरिकन राजदुतावासका राजनीतिक र आर्थिक उप-काउन्सिलर ट्याम्लरबीच शिष्टाचार भेटघाट भएको हो ।

भेटमा ट्याम्लरले हालै सम्पन्न पार्टीको महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा अमेरिकी दुतावासको तर्फबाट राप्रपा अध्यक्ष लिङ्देनलाई बधाई एवं शुभकामना दिएको राप्रपाका नेता मोहन श्रेष्ठले बताए ।

भेटघाटको क्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्र, उदारवाद, विधिको शासन, मानवअधिकार, प्रेस स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति राप्रपा प्रतिबद्ध रहेको उल्लेख गरेका थिए । भेटमा अमेरिकासँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने लगायतका विविध विषयमा छलफल भएको नेता श्रेष्ठले बताए ।

थप जानकारी